विराटनगर / एक नम्बर प्रदेशको नामाकरण साझा पहिचानको आधारमा राख्नु पर्ने संवाद समुह मोरङ्गले आयोजना गरेको संवाद कार्यक्रमका सहभागिहरुले बताएका छन् । एक नम्बर प्रदेसको नाम के राख्दा उपयुत्त होला भन्ने बिषयमा गरिएको संवाद कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री, मोरङ्ग स्थित मुख्य राजनीतिक दलका प्रमुख नेताहरु, प्रदेश सभाका संसदहरु र बिषय बिज्ञहरुको सहभागिता रहेको थियो ।

सहभागि मध्ये धेरैले कोसी नाम उपयुत्त हुने र यसले पहिचान, सभ्यता, सस्कृती र समृधी झल्काउने बताएका छन् । केहिले भने सगरमाथा अर्को उपयुत्त नाम हुने भन्दै प्रदेसको नाम सगरमाथा राख्नु पर्ने धारणा राखेका छन् । प्रदेस सभा सदस्य कुशल लिम्बु र नेकपाका नेता गणेश उप्रेतीले भने किराँत–कोसी प्रदेस राख्नु पर्ने धारणा राख्नु भएको छ । संवाद कार्यक्रममा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेस संसद बिष्णुमाया तुम्वाहाम्फले भने प्रदेसको नाम लिम्वुवान नै राख्नु पर्नेमा जोड दिनु भयो । संवाद कार्यक्रमा बोल्दै प्रदेस नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले साझा पहिचानको आधारमा सर्वसम्मत रुपमा प्रदेसको नाम राख्ने बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चाँडै संसदमा यो बिषयले प्रबेश पाउँने र सर्वसम्मत रुपमा प्रदेशको नाम राख्न आफूहरु लागि परेको बताउनु भयो । एक नम्बर प्रदेसमा १सय ७ भाषा बोल्ने मान्छे बस्छन् । भाषिक, साँस्कृतिक बहुलता छ । यसैले सर्बसम्मत निर्णय गर्नुपर्छ भन्ने लागेको छ । कोशी एउटा नदीमात्र नभएर, सभ्यता र संस्कृती हो । यो नदीलाई मान्छेको जन्मस्थलको रुपमा पनि लिईएको छ । सबै पक्षको कुरा सुनेर धारणा बनाउने हो । हामी धारणा बनाउदै छौ । एक नम्बर प्रदेशसमा ३÷४ वटा, बहुपहिचानहरु छन्, त्यसको सम्मान गर्नु पर्नेछ । अव चाँडै संसदलाई यस बिषयमा बिजनेस दिइदै छ । यस्ता सम्बवादले संसदले धारणा बनाउने छन् र सर्वसम्मत प्रदेसको नाम राखिने छ । अग्रज पत्रकार मोहन भण्डारीले साझा नाम खोज्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

यो प्रदेशको भौगोलिक अवस्था, सस्कार सस्कृती र इतिहासलाई हेर्ने हो भने प्रदेशको नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने उहाँको तर्क थियो । नेकपाका नेता गणेश उप्रेती पहिचान र सामर्थको आधारमा प्रदेशको नामाङ्करण गर्नु पर्ने बताउनु भयो । उहँले किराँत नामले यहाँको पहिचान झल्काउने र कोसीले सभ्यता झल्काउने भन्दै प्रदेसको नाम कोसी–किराँत राख्नु पर्ने धारणा राख्नु भयो ।

प्रदेश सभा सदस्य तथा संघीय समाजवादी फोरम नेपालका जयराम यादवले हामीले मेची देखि महाकाली सम्मको तराईको भूगोललाई मधेस प्रदेस राख्नु पर्छ भनेर आन्दोलन गरेकै भएपनि परिश्थिती बदलिएको बताउनु भयो । उहाँले आप्mनो पार्टीको राजनीतिक अडान हुँदा हुँदै पनि हामी साझा नामको पक्षमा रहेको बताउनु भयो । उहाँले संसद र पार्टीमा यो बिषयमा बहस चलेको नभएपनि छैन तर सगरमाथा प्रदेश राख्दा आफूलाई आपत्ती नभएको बताउनु भयो ।

नेपाली कांग्रेसका प्रदेश सभा सांसद शान्ता पौडेल,जिल्ला सचिब नागेश कोइराला, मोदराज घिमिरेले पूर्व यदु बिष्टले कोशी या सगरमाथा प्रदेशमा कांग्रेसबारेमा को तर्फबाट कुरा आएको र यही बिषय नै अगाडी बढन सक्ने अबस्था रहेको बताउनु भयो छ । उहाँहरुले कांग्रेस मोरङ्गको औपचारिक रुपमा बहस नभए पनि अनौपचारिक रुपमा यही नाममा बहस भएको बताउनु भयो । सस्कृतीबिज्ञ तथा संवाद सुमह सदस्य डा. सोम खतिवडाले प्राकृतिक प्रदेसको नाम कोसी हुनुपर्ने बताउनु भयो । उहाँले सांस्कृतिक, सभ्यताको इतिहास, किराँत संस्कृतीको मुल केन्द्र, हिन्दु, बौद्ध धर्मको सभ्यता कोशीसँग जोडिएकोले यो नाम उपयुत्त हुने सुझाब दिनु भयो । मधेसी वुदीजीवी भगवान् झा प्रदेसको नाम सगरमाथा प्रदेस राख्नु पर्ने आधार प्रस्तुत गर्नु भयो । नेकपाका नेता ऋषिकेश पोखरेलले अहिलेको अवस्थामा हामी बहुमतको आधारमा निर्णय गर्ने पक्षमा नरहेको बताउनु भयो ।

बहुमतको आधारमा गर्ने हो भने नेकपा सँग दुई तिहाइको बहुमत प्रदेश सरकारसँग छ । हामी सवैको सहमतिमा सवैको भावना अनुरुप काम गर्ने छौ । उहाँले भन्नु भयो ‘अहिले सम्म पनि प्रदेशको नाम के राख्ने भन्ने बिषयमा बहस भएको छैन ।’ साझा नामको कुरा गर्दा सगरमाथा या कोसी भन्दा अरु केहि उपयुत्त नाम नभएको बताउनु भयो । कार्यक्रममा राजपाका जिल्ला संयोजक मोहम्मद कादिरले समग्र मधेश एक प्रदेशको बिषयमा सहमती भएको भएपनि एक नम्बर प्रदेशमा मिक्स कल्चर छ । यसैले अहिले सगरमाथा राख्दा पर्ने आप्mनो ब्यक्तिगत धारणा हो रहेको बताउनु भयो । संवाद कार्यक्रममा कृषी बिज्ञ राजेन्द्र उप्रेतीले प्रदेसको नाम कोसी राख्दा उपयुत्त हुने बताउनु भयो । संघिय लोकतान्त्रिक मञ्चका नेता तथा प्रदेश सभा सदस्य बिष्णु तुम्बमहाम्फले प्रदेसको नाम लिम्वुवान राख्नु पर्ने बताउनु भयो । पुर्बेलीन्युज बाट