दमक/एक बालकको अपहरणपछि हत्या गरिएको बिषयले अहिले सबैको मन रोएको छ । यसले सबैलाइ स्तब्ध बनाएको छ । अपहरणकारीहरुको इन्काउण्टर भएको भनिएपछि प्रहरीले आलोचनाकोबीचमा स्याब्बासी पनि पाएको थियो ।

अपरहणकारीले गोली चलाएपछि जवाफी कार्वाहीमा अपहरणकारीको मृत्यु भएको भनिएको छ । तर पछिल्लो समयमा बिभिन्न सञ्चारमाध्यमहरुमा आएका खबरहरु अनुसार अपहरणकारीलाइ प्रहरीले नियण्त्रणमा लिएर जंगलमा लगि गोली हानेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस बिषय अहिले सामाजिक सञ्जालमा समेत बहसको बिषय बनेको छ । अपरहण गर्ने अपराधिलाइ यो कार्वाही भएको भन्दै यसको समर्थन कतिले गरेकाछन् भने कतिले नियण्त्रणमा लिएर हत्या गरिएको र यो गलत भन्दै आएकाछन् । वास्तविकता चाडै सार्वजनिक होला ।