काठमाडौं– नेकपाका प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठले त्यसलाई फिर्ता लिन अस्वीकार गरेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनलाई राजीनमा फिर्ता लिन आग्रह गरेका थिए।

'श्रेष्ठलाई अध्यक्षद्वयले राजीनामा फिर्ता लिइदिनुस् भनेर आग्रह गर्नुभएको थियो', बैठकमा सहभागी एक सदस्यले भने, 'तर उहाँले मान्नुभएन।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'मैले स्वेच्छाले आनन्दपूर्वक राजीनामा दिएको हुँ। त्यसैले फिर्ता लिने कुरा भएन। सचिवालयले जे निर्णय पनि लिन सक्छ। त्यसलाई म सम्मान गर्छु। तर दिइसकेको राजीनामा फिर्ता लिन्नँ', श्रेष्ठको भनाइ उदृत गर्दै ती नेताले भने।

तर निर्णय भने केही पनि हुन सकेन। बैठक भोलि पनि बस्ने छ।

गत साउन ७ गतेको सचिवालय बैठकमा डा गोविन्द केसीको जारी अनसनको विषयमा श्रेष्ठको सक्रियतालाई लिएर अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेपछि श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिएका थिए।