रुपन्देही–कानूनले दाइजो लिनुलाई अपराध भन्छ । तर, त्यहि कानुनको रक्षक एक प्रहरी जवानले दाईजो नल्याएको निहुँमा श्रीमतीलाई निर्घात कूटपीट गरेको घटना बाहिर आएको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँ जिल्लामा दरबन्दी भई हाल रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं. १ सिपवा बस्ने लोकेन्द्र नाउले श्रीमती प्रियंका नाउलाई निर्घात कुटेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पीडितले बुवा ईन्दल नाउले एकलाख नगद सहित एक मोटरसाईकल समेत दिएपनि कम भएको भन्दै श्रीमान,सासु,ससुरा समेत मिलेर सामुहिक कूटपीटपछि घर निकाला गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीका सहायक प्रहरी निरीक्षक सन्तोष बूढाथोकीले पीडितले ठाडो उजुरी दिएको पुष्टि गरे । उनले उजरीका आधारमा प्रहरी जवान नाउलाई बोलाएर छलफल गराउँदा निजले गल्ती स्वीकारेको र पुनः नदोहोर्याउँने शर्तमा लिखित कागज गरि श्रीमतीलाई भित्रयाएको जानकारी दिए ।

सप्रसनि बूढाथोकीले दाईजोकै निहुँमा शारिरीक तथा मानसिक यातनाको घटना दोहोरिए मुद्दा प्रक्रिया मार्फत पीडितलाई न्याय दिलाउने प्रतिबद्धता समेत जनाए । रातो पाटी बाट