लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ ए–वान, एमडी ३२५ अन्तर्गत जोन चियर पर्सन नबीन चौलागाईको जोन मिटिङ बुधबार सम्पन्न भएको छ ।

जोन चियर पर्सन चौलागाईको अध्यक्षतामा काठमाडौंको गौशालास्थित होटल शिवम प्लाजामा भएको मिटिङ्गको प्रमुख अतिथि डिस्ट्रिक गभर्नर अनन्तप्रसाद भेट्वाल हुनुहुन्थ्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मिटिङमा जोन चियर पर्सन चौलागाई अन्तर्गत रहेका लायन्स क्लबहरु लायन्स क्लब अफ काठमाडौं कालिका, लायन्स क्लब अफ काठमाडौं भद्रकाली, लायन्स क्लब अफ काठमाडौं न्यू बिहानी, लायन्स क्लब अफ काठमाडौं ब्रम्हादीप, लायन्स क्लब अफ काठमाडौं मीड बानेश्वर र लायन्स क्लब अफ काठमाडौं स्वीट सिटीका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी भए ।

मिटिङमा सेकेण्ड भीडीजी टंकबहादुर श्रेष्ठ, झापा दमकका जोन चियर पर्सन रुद्रप्रसाद गौतम लगायतका लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो ।

मिटिङमा सन् २०१८/२०१९ मा समाजमा अझ बढी सामाजिक उत्तरदायित्व कसरी निर्वाह गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

कुन–कुन क्लबहरुले के कस्ता कार्यक्रमहरु गर्नेलगायतका विषयमा पनि महत्वपूर्ण छलफल भएको जोन चियर पर्सन रुद्रप्रसाद गौतमले जानकारी दिनु भयो । लायन्स क्लबमा सन् २०१८/२०१९ को कार्यकाल गत जुलाईदेखि सुरु भएको हो ।

लायन्स क्लब अफ इन्टरनेशनलले यस बर्ष वातावरण, डाइबेटिज, भिजनलगायत ५ वटा क्षेत्रमा विशेष काम गर्न निर्देशन दिएको छ ।

यसका अलावा आआफ्नो क्षेत्रमा सबैखाले सामाजिक कार्यहरुमा लायन्स क्लबको उपस्थिति गराउन यो मिटिङले महत्वपूर्ण भूमिका निर्वाह गरेको गौतमले जानकारी दिनु भयो ।