दमक/इलाका प्रहरी कार्यालय दमकमा एक बर्ष प्रमुख रहेर अन्यत्र सरुवा भइ जान लागेका डिएसपी दीपक गिरीलाइ आज एक कार्यक्रमगरी दमक जेसीजले सम्मान सहित बिदाइ गरेको छ ।

दमक जेसीजको आफ्नै कार्यालयमा एक कार्यक्रम गरी डिएसपी गिरीलाइ बिदाइ गरिएको हो । सो अवसरमा गिरीले एक बर्ष दमक रहदा राम्रो काम गरेको बताउदै सम्मान समेत गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक जेसीजका अध्यक्ष चन्द्र खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा दीपक गिरीले दमक रहदा शान्ति सुरक्षा कायम गराउनका लागि आफुलाइ सहयोग पुर्याउने सम्पुर्णप्रति आभार प्रकट गरेका थिए ।