काठमाडौँ,२४ साउन – नेकपाका तल्ला कमिटी र जनबर्गीय संगठनको एकीकरण अन्तिम चरणमा पुगेको छ । पार्टीको सचिवालयले भदौ ५ भित्र सबै कमिटीमा एकीकरण गर्न निर्देशन दिए बमोजिम तयारी अन्तिम चरणमा पुगेको हो ।

यसका लागि पार्टीको सचिवालय बैठक लगातर बसीरहेको छ। बुधबार बसेको बैठकले अहिले सम्म भईरहेको एकीकरणका तयारी बारे छलफल गरेको थियो । यसका लागि आज पनि सचिवालय बैठक बस्ने भएको छ । आज अपरान्ह दुई बजे बस्ने सो बैठकले अहिले सम्म भएको एकीकरणका तयारीबारे समीक्षा गर्ने भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी केन्द्रीय कार्यालयले यस अघि भोली सम्म सबै कमिटीले केन्द्रमा एकीकरणका सम्बन्धमा प्रतिबेदन पठाउन निर्देशन गरेको थियो । सो अनुसार सबै कमिटीेले आज र भोलीमा प्रतिवेदन पठाउने तयारी गरेका छन् । कतिपय कमिटीमा नाम र नेतृत्वमा सहमति नभए सचिवालयले त्यसको टुंगो लगाउने तयारी छ ।