नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको एकता प्रक्रिया अघि बढाउन गठित उपसमितिहरुले बुधबार प्रतिवेदन बुझाएको छ । तीनैवटा समितिले नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको कार्यदलसमक्ष प्रतिवेदन बुझाएको हो ।

दुई संगठन एकताका लागि विधान मस्यौदा, संगठन समायोजन र राजनीतिक शैक्षिक कार्यदिशा उपसमिति गठन गरिएको थियो । सबै उपसमितिले प्रतिवेदन बुझाएपछि दुई संगठनको एकताको आधार तयार भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यार्थीहरुको एकताका लागि नेपाल कम्युनिस्ट पार्टीले पर्यटनमन्त्रीसमेत रहेका नेता रवीन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रञ्जित तामाङ रहेको कार्यदल गठन गरेको थियो ।