पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधबकुमार नेपाल भौतिक पुर्वाधार मन्त्री मन्त्री रघुबीर महासेठसहित मन्त्रालयका पदाधिकारीलाई लिएर अत्यन्तै दुरावस्थामा रहेको बौद्ध जोरपाटी सडक निरीक्षणमा निस्कनु भएको छ ।

ठेकेदारको बदमासीले लामो समयसम्म सडक निर्माण नसकिँदा पैदल यात्रु समेतहिडन कठिन बनेको बेला नेता नेपाल आफै मन्त्री, सचिब, सडक बिभागका प्रमुख र ठेकेदार लिएर चाबेल, बौद्ध, जोरपाटी, साँखु सडक निर्माणको अनुगमन गर्नुभएको हो । सो क्रमम नेता नेपालल अव आफै सडक निर्माणकोनियमित अनुगमन गर्ने भन्दै काममा ढिलाई स्वीकार्य नहुने बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भौतिक योजना तथा यातायात मन्त्री महासेठ, प्रदेश सांसद रामेश्वर फुयाल, मन्त्रालयका सचिब, सडक विभागका प्रमुख र ठेकेदारसहित अनुगमनमा पुगेका नेता नेपालले १५ दिन पछि पुन अनुगमनमा आउँदा सडकको अवस्था सुधार हुनुपर्ने बताए । निर्माणको जिम्मा पाएका ठेकेदारले भने,‘अब हजुर १५ दिन पछि आउँदा खाल्डाखुल्डी पुरिने छ ।’

नेता नेपालले सडक निर्माणका क्रममा एउटा निकायले अर्को निकायलाई देखाएर पन्छन खोज्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई देखाएर कोही पनि उम्कन नापाउने बताए । नेता नेपालले भने,‘सडक निर्माणमा सम्बन्धित सडक विभाग, विद्युत प्राधिकरण, ढल व्यवस्थापन गर्ने सबैले समन्वय गर्न आवश्यक छ’ नेता नेपालले भने,‘त्यसका लागि सम्बन्धित पक्ष जिम्मेवार हुन जरुरी छ ।’

स्थानीयवासीले भने नेता नेपालले अनुगमन गर्ने भएपछि ठेकेदारले हिजो(बुधबार) खाल्डाखुल्डी पुर्ने र सडक सफा गर्ने कार्य गरेको भन्दै अनुगमन हल्ला नगरि गर्न सुझाव दिए । यसअघि पनि नेता नेपालले सो सडकको अनुगमन गर्नुभएको थिया। तर सोचे अनुसारको काम नभएपछि आज मन्त्री र सचिवसहित पुनः निरीक्षण गर्नुभएको हो । निरीक्षणको क्रममा नेतानेपालले बिभिन्न निर्देशन दिँदै कामको अनुगमन गर्न पन्ध्र दिनपछि फेरि आउने बताउनु भएको छ ।