२४ साउन – गृहमन्त्री रामबहादुर थापाले ११ बर्षीय निशान्त खड्का अपहरण संलग्न दूई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन् ।
बिहिवार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘सरकारको आधिकारिक धारणा बाहिर आइसकेको छ । तर पनि छानविन गर्दै स्पष्ट पार्छौं ।’
गत सोमबार प्रहरीको गोलि लागेर सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीयको अजय तामाङको मृत्यु भएको थियो ।
प्रहरीले अपहरणकारीसँगको जम्काभेटमा आत्मरक्षाको लागवि गोली चलाएको बताउँदै आएको छ । तर प्रहरीको इन्काउन्टरमाथि अहिले आशंका उव्जिएको हो । आइतवार साँझ अपहरणमा परेका बालक खड्काको शव सोमवार मध्यान्ह भक्तपुरको थिमीमा मृत अवस्थामा फेला परेको थियो ।










