नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई लिएर सडक निरीक्षणमा निस्कीउका छन् । काठमाडौं क्षेत्र नं २ का सांसद समेत रहेका नेपाल मन्त्रीसहित जोरपाटी–साँखु सडक खण्ड निरीक्षणमा निस्कीएका हुन् । प्रदेश तीन सांसद रामेश्वर फुयाल, मन्त्रालयका सचिव मधुसुदन अधकिारी, सडक विभागका अधिकारी एवं ठेकदारसहितको टोलीले तीन वर्षदेखि भत्किएको सडकको अवलोकन गरेको हो।
मन्त्री महासेठले तत्काल काम सम्पन्न गर्न ठेकेदारसहित सरकारी अधिकारीलाई निर्देशन दिए।
बरिष्ठ नेता नेपालले १२ गतेसम्म खल्डाखुल्डी परिसक्न निर्देशन दिए।










