न्त्रिपरिषदको बुधबार साँझको वैठकले सचिव सरुवादेखि विधेयक पास गर्दै विभिन्न १३ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

मन्त्रिपरिषदले दुई सह–सचिवलाई सचिवमा बढुवा गरेको छ । यस्तै अरु दुई जनालाई कामु सचिवको जिम्मेवारी दिइएको छ । सोही वैठकले ४ वटा बिधेयक पास समेत गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यी हुन् मन्त्रिपरिषदका १३ निर्णय :-

१) जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको संघीय संसदमा पेश गर्ने ।

२) आवासको अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने ।

३) सामाजिक सुरक्षासम्बन्धी बिधेयक संघीय संसदमा पेश गर्ने ।

४) अपराधबाट पीडितको संरक्षण् सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने ।

५) प्रदेश नम्बर–५ कायममुकायम प्रमुख सचिव तीर्थराज ढकाल र प्रधानमन्त्री कार्यालयका सहसचिव आनन्दराज ढकाललाई सचिव पदमा बढुवा गर्ने ।

६) गृह मन्त्रालका सहसचिव केदार न्यौपानेलाई कायममुकायम सचिवको जिम्मेवारी दिने ।

७) बढुवा भएका तीर्थराज ढकाललाई ५ नम्बर प्रदेशको प्रमुख सचिवमा र आनन्दराज ढकाललाई प्रदेश नम्बर–३ को प्रमुख सचिवमा पदस्थापन गर्ने ।

८) कामु सचिवको जिम्मेवारी दिइएका केदार न्यौपानेलाई प्रदेश नम्बर–१ को प्रमुख सचिवमा पदस्थापन गर्ने ।

९) प्रदेश नम्बर–३ प्रमुख सचिव रश्मीराज पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने ।

१०) नेपाल लेखा परीक्षण सेवाको बिशिष्ट श्रेणीको पदमा राममाया कुँवरको बढुवा गर्ने ।

११) पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका राख्ने ।

१२) आर्थिक वर्ष २०७५–७६ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टर २ हजार ३३१ रुपैयाँ २२ पैसा र मध्यम धानको प्रतिक्विन्टर २ हजार ४६० रुपैयाँ ५७ पैसा तोक्ने ।

१३) साबिकको राष्ट्रिय दलित आयोगको सचिवालयबाट हुँदै आएको जातीय प्रमाणपत्र वितरण र जातीय सिफारिसको कार्य अब सम्बन्धित व्यक्तिको वडा कार्यालयबाट उपलब्ध गराउने निर्णय ।