पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १४ मा नेपालमा पहिलो पटक एसवाई प्यानल उद्योग सञ्चालनमा आएको छ । कोरियाली लगानीमा सञ्चालन भएको उद्योगले आफ्नो उत्पादन पनि शुरु गरेको छ ।
२०७४ असोजमा शिलन्यास गरिएको उद्योग ९ महिनामै निर्माण सम्पन्न भई आफ्नो उत्पादन सुरु गर्न सफल भएको हो । उद्योगले गएको असार महिनादेखि उत्पादन सुरु गरि ७ जिल्लामा डेढ करोड रुपैयाँ बराबरको बिक्री वितरण गरिसकेको छ ।
‘सुरक्षित र स्मार्ट घरको सपना’ भन्ने नारासहित कोरियाली एसवाई ग्रुपले पूर्वी चितवनको रत्ननगर पिठुवा एसवाई प्यानल नेपाल नामक उद्योग खोलेको हो । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने उद्योगले असार महिनादेखि उत्पादन शुरु गरेको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
उद्योगमा विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन गरिएको छ । २ देखि ६ इन्चसम्म मोटाईका छाना तथा वाल प्यानलहरु उत्पादन गरिरहेको उद्योगका निर्देशक छे दोङ्ग इलले जानकारी दिए ।
शतप्रतिशत कोरियन प्रविधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी, सस्तो, छिटोछरितो, ६० बर्ष टिकाउ हुने उद्योगका निर्देशक छे दोङ्ग इलको दावी छ ।
७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको कम्पनीका महाप्रबन्धक देवेन्द्र सम्बाहहाम्फेले जानकारी गराए ।
“हाम्रो उत्पादन हुने छाना र वाल गर्मी क्षेत्रका लागि बरदान हुनेछ उनले भने सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ ।” प्रविधिले चितवनलगायत तराइबासीलाई गर्मीबाट बच्न ठुलो सहयोग गर्ने छ ।
त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै सावित हुने छ । “भुकम्प प्रतिरोधात्मक र वातावरणमैत्री स्याण्डविच प्यानल, यू पिभिसि झ्याल र स्टिल ढोका लगायतका सम्पूर्ण घर निर्माणका सामाग्री उत्पादन गर्ने कम्पनी हो निर्देशक छे दोङ्ग इलले भने ।
पूर्व राजदुत दुर्गेमान सिहंको ३५ कठ्ठा क्षेत्रफल जग्गामा २० बर्षको लागि भाडामा लिएर आफुहरुले नेपालमा औद्योगिक विकासका लागि विदेशी लागानी भित्राएर नेपालीलाई समृद्धि तर्फ उम्मुख गराउन लागेका हौँ । ”
१२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिटाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ ।
४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको छ ।
दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनिले हाल ४० भन्दा बढीलाई रोजगारी दिएको छ । अबको ३ बर्षभित्र हरेक नेपालीको घरमा पुग्ने योजना छ ।
नेपाली ग्राहकको गच्छे अनुसार १० देखि १२ लाख रुपैयाँमा किचेन ट्वाइलेटसहितको ४ कोठे भवन निर्माण गर्न सकिने उद्योगले जनाएको छ ।
यो प्यानलले आवासीय भवनहरुका साथै सरकारी भवन, बिद्यालय, अस्पताल, ह्याचरी, हाइड्रोपावर, एयरपोर्ट, रंगशाला, जीम हल, सैनिक प्रहरी क्याम्प, कारखाना, होटेल, रिसोर्ट, डिपार्टमेन्ट स्टोर, पार्टी प्यालेस निर्माण गर्न सकिन्छ ।










