गाईलाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोठमा बाधेको गाईलाई करणीको प्रयास गरिरहेको अवस्थामा कैलालीको लम्की चुहा नगरपालिका २ मोतिपुरमा एक जनालाई रंगेहात समातेर प्रहरीको जिम्मा लगाईएको हो ।

राती २ वजेको समयमा गाईलाई वाँधेर करणीको प्रयास गर्ने क्रममा लम्की चुहा नगरपालिका–५ का सनम चौधरी (नाम परिर्बतन) लाई गाई मालिक पदमवहादुर बुढाले रंगेहात समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही दिनदेखि गाईको करणी हुँदै आएको शंका लागेपछि लुकेर वसेका गाईमालिक वुढाले चौधरीलाई समातेर सामान्य कुटपिट समेत गरेका छन् । लम्की चुहाका एक जना स्थानीय वासिन्दाको ट्याक्टर चलाउँदै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय लम्कीमा वुझाईएकोमा थप कारवाहीका जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ । गाई करणीको आरोप लागेका चौधरीलाई कारवाहीको माग गर्दै मुद्धा दर्ता भएपछि करणी भएको ठोस आधार नभएको भन्दै उनलाई जिल्ला पठाएको हो ।