दमक/रोटरी क्लव अफ दमकको नयाँ नेतृत्वले आफ्नो बर्षलाइ सफल बर्ष बनाउनका लागि आफ्नो काम अघि बढाएको घोषणा गरेको छ । क्लवका अध्यक्ष मन ढकालले अब चुनौतीसंगै रोटरीको इतिहासमा दमकमा नयाँ अध्याय शुरु गर्ने आफ्नो चाहाना पुरा हुने आशा ब्यक्त गरेकाछन् ।
उनले आफ्नो कार्यकाल दमकमा शिक्षा क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा योगदान दिएका छविलाल शर्मा र स्वास्थ्य क्षेत्रमा योगदान दिएका डा. भम्पा राइलाइ सम्मान गरेर शुरुवात गरेकाछन् । उनले दमकका लब्ध प्रतिष्ठित युवा ब्यवसायी तथा सामाजिक अगसवाहरुलाइ पनि क्लवमा भित्र्याएकाछन् ।
जेसिसका राष्ट्रिय अध्यक्ष भइुसकेका प्रकाशप्रसाद अधिकारीदेखि लिएर पुराना निर्माण ब्यवसायी गणेश बस्नेत समेत रोटरीमा आवद्ध भएकाछन् । उनिहरुले पदस्थापन कार्यक्रममा सपथ लिएका थिए ।
डिजिएन राजिभ पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी दमकका सामाजिक संघसंस्थाका नेतृत्वकर्ताहरु पदस्थापनमा रहेका थिए ।










