णेश लामा सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन् । गुण्डागर्दीलगायत अपराधिक कार्यबाट अकूत सम्पत्ति आर्जन गरेको मुद्दामालाई विशेष अदालतले लामालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतले लामाविरुद्ध १ वर्षको कैद र १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो असुल हुने गरी सम्पत्ति जफतको सजाय सुनाएको छ ।
लामाले गुन्डागर्दीबाट अवैध सम्पत्ति आर्जन गरेको भन्दै २७ करोड १ लाख रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरू द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलाशले लामालाई दोषी ठहर गरेको हो ।










