गलत सूचना दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बैतडी पाटन नगरपालिका स्थायी घरभइ हाल कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई पक्राउ गरेको हो । विष्टले बुधवार बिहान प्रहरीलाई फोन गरी आफ्नो २० वर्षीय छोरा नरेशको अपहरण भएको जानकारी दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले अनुसन्धान गर्दा बावु विष्टले गलत सूचना दिएर प्रहरीलाई भ्रममा पार्न खोजेको महाशाखाले जनाएको छ ।

काठमाण्डु टुडे बाट