दमक/झापाको दमकमा बिहिबार भएको ल्याबोरेटरी एसोसियसन अफ नेपालको मेलानको भेलाबाट दमक इकाइको अध्यक्षमा तार्केश्वर यादव चुनिएकाछन् । मेलानका केन्द्रिय उपाध्यक्ष प्रयागराज पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले नयाँ कार्यसमिति बनाएको हो ।
उपाध्यक्षमा अमितराज पाण्डे, सचिबममा रञ्जितकुमार महतो, सहसचिबमा पर्शुराम पौडेल, कोशाध्यक्षमा भुमिका लामिछाने चुनिएकाछन् । यसैगरी सदस्यहरुमा सुस्मत निरौला, दिपेन्द्र मोची, बिनोद अधिकारी, नारायण घिमिरे, पुरन सापकोटा, सविना बल र वविन सच्नुचरी चयन भएकाछन् ।
यसैगरी सल्लाहाकार संयोजकमा डा. गुरुप्रसाद मैनाली, सह संयोजकमा अन्जनीकुमार झा र सदस्यहरुमा बिल्टु शाह, रोजिना कार्की, देबिप्रसाद भट्टराइ र चन्द्र थापा चयन भएकाछन् ।










