जजरकोट । सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिर गर्न पाउँछन् । अन्यथा बिदा वा काज बस्नुपर्छ ।

जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरीको हाजिरी एकैपटक गरेको पाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट काजमा खटिएकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले महिनाको हाजिरी एकैपटक गरेकी हुन् ।

उनले गत साउन १८ गते नै आगामी ३१ गतेसम्मको हाजिरी गरेर नै जिल्ला छाडेको पाइएको हो । डा. राई गत जेठदेखि जाजरकोट अस्पताल गएकी हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले उनलाई महँगो तलब दिएर जटिल प्रकृतिका सुत्केरीको शल्यक्रियाका लागि काजमा राखेको हो