दमक । झापाको दमकमा रहेर शिक्षा र स्वास्थ्य क्षेत्रमा अनवरत रुपमा लामो समयसम्म सेवा प्रदान गर्ने दुइ जना ब्याक्तित्वहरुलाइ रोटरी क्लव अफ दमकले बिशिष्ठ सम्मान प्रदान गरेको छ । एक कार्यक्रमबीच शिक्षा क्षेत्रमा योगदान दिने छविलाल शर्मा र स्वास्थ्य क्षेत्रमा योगदान दिने डा. भम्पा राइलाइ सम्मान गरेको हो ।

५० बर्षभन्दा लामो समयसम्म निरन्तर अध्यापन पेशामा रहेर यस क्षेत्रमा बिशिष्ठ योगदान दिनु भएका शर्मालाइ शिक्षा सम्मान र २५ बर्षदेखि निरन्तर रुपमा भुटानी शरणार्थी तथा आसपासका नागरिकलाइ निशुल्क रुपमा स्वास्थ्य जाँच तथा उपचार गर्ने राइलाइ स्वास्थ्य सम्मान प्रदान गरिएको क्लवका अध्यक्ष मोहन ढकालले बताउनु भयो । ८० बर्षिय शर्मा अहिले पनि शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ भने डा. राइ बिरामी हुनुहुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रोटरीका ‘डिजिएन’ राजिव पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख रोमनाथ ओली सहितले सम्मानित ब्याक्तित्वहरुलाइ सम्मान सहित सम्मानपत्र प्रदान गर्नु भएको थियो । सामाजिक क्षेत्रमा कृयाशिल रहेको रोटरीले यस बर्षबाट शुरु गरिएको यो सम्मान कार्यक्रमलाइ निरन्तरता दिने बताईएको छ । रोटरी क्लवले स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा स्थानीयस्तरमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।