बाराबाट प्रहरील २५ ग्राम अबैध सुनका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला झारना ग्राम वडा नं ३ बस्ने जोखन साह सोनारको छोरा जितेन्द्र साह सोनार रहेका छन् ।

कलैया उपमहानगरपालिका वडा नं १ स्थित सडकमा कलैयाबाट बरियारपुर तर्फ जाँदै गरेको भारतीय नम्बर बीआर ०५ यू २९२३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा जितेन्द्रको साथबाट अवैध सुनका गरगहना फेला परेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गहनाको मुल्य १ लाख २२ हजार ६ सय ६३ रहेको प्रहरीको भनाइ छ ।

सुनका तयारी गरगहना फेला पारेको हुदाँ जितेन्द्र साह सोनारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार पठाईएको जिल्ला प्रहरी कार्यालय बाराबा प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए ।

त्यसैगरी, बारा प्रहरीले सवारी ज्यान मुद्धामा दोषी ठहर भई फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । साउन २३ गते ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले गोसाईलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दा दायर गरेको छ ।