सुन काण्ड बारे नयाँ टिमले अनुसन्धान गर्ने गृहमन्त्री राम बहादुर थापाले बताएका छन् । शुक्रबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले भने ‘प्रशासनको सरुवा नियमित कार्यक्रम भएकाले पुराना केही कर्मचारी सरूवा भएका र अब नयाँ आउने टीमले थप अनुसन्धान थाल्नेछन्।’

‘एक हदसम्म छानबिन टुङ्गिएको छ’, उनले भने, ‘केही काम बाँकी छ, त्यो कामलाई अर्को टीमले अघि बढाउँछ।’ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई पक्राउ गरिएको विषयमा बेल्दै थापाले गैरकानुनी क्रियाकलापमा संलग्न रहेकाले उनलार्इ पक्राउ गरिएके बताए। उनले भने, ‘मन्त्रालयको काम कानुनको पालना गराउने भएकाले प्रकाण्ड चन्दा आतंक र ध्वसांत्मक गतिविधीमा संलग्न थिए त्यसैले पक्राउ गरियो। ‘कानुन र विधीलाई उलंघन गर्ने अपराधी हुन्, अपराधीलाई नियन्त्रण गर्ने काम सरकारको हो।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भक्तपुरका बालक निशानको हत्यारा र अपहरणकारीलाई २४ घण्टा भित्रै निस्तेज पार्न सफल भएको उनले बताए। ‘हामीलाई प्राप्त रिपोर्ट अनुसार ति मुढभेटमा नै मारिएका हुन्’, फेक इन्काउन्टरको बारेमा प्रष्ट पार्दै उनले भने, ‘हल्लाहरु मात्र हुन्, सरकारले आफ्नो दायित्व सफलतापूर्वक निर्वाह गरेको छ।’

वर्तमान सरकारले जनताले सुम्पेको जिम्मेवारीलाई गम्भिरतापूर्वक पुरा गरिरहेको थापाके दावी छ। सुशासनको क्षेत्रमा उलेख्य काम गर्नुका साथै सिण्डीकेट अन्त्य गरेर देशमा शान्ति र स्थायित्वमा वर्तमान सरकारले कदम चालेकाले विगतमा हुँदै आएको घटनाहरुमा कमी आएको बताए। टिभी अन्नपूर्ण बाट