सिरहा । नगद लुटपाट गरेको अभियोगमा दुई युवती पक्राउ परेका छन् ।

लहान नगरपालिका–३ बस्ने २५ वर्षीया फुलकुमारी मुसहर र उनकी बहिनी खुश्वु मुसहरलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुले कर्जन्हा नगरपालिका–११ बस्ने रामकुमार यादवबाट १ लाख लुटेका थिए ।

यादवले एनआईसी एशिया बैंक लहानबाट झिकेर ल्याएको नगद १ लाख रुपैयाँ लिई घरतर्फ जाने क्रममा एउटै म्याजिकमा सवार उनीहरुले धनगढीमाई नगरपालिका–१० स्थित धनगढी बजारमा पुग्दा उक्त नगद लुटपाट गरेका थिए ।

खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई फेला पारी जाँच गर्दा फुलकुमारीले बोकेको झोलाबाट उक्त लुटिएको रकम बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी बाट