चितवन– गृहमन्त्री रामबहादुर थापाले अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको बताएका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले ११ वर्षीय बालक निशान खड्काका अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका हुन् ।
अपहरणकारी इन्काउन्टरमै मारिएको दाबी गर्दै उनले फर्जी इन्काउन्टर हल्ला मात्र भएको बताए । फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’
फरक प्रसंगमा गृहमन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्टिकरण दिएका छन् । प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न रहेको र चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको उनको भनाइ छ ।










