धरौटी बुझाए लगतै ओडिसी नेपालका सञ्चालक सीमान्त गुरूङलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत असार २९ गते गुरूङलाई बलिउड कलाकार सलमान खान ल्याउने विषयमा भन्दै ठगी गरेको भन्दै पक्राउ गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला अदालत काठमाडौंले बिहीबार गुरूङलाई धरौटीमा छुट्न आदेश दिएको थियो। १५ लाख रुपैयाँ धरौटी बुझाएका गुरूङलाई बिहीबार नै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स गरेको अभियोगमा पक्राउ गरेको हो।

गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमान खानको 'द ब्याङ टुर नेपाल' स्थगित भएको थियो। त्यसपछि फेरि जेठमा कार्यक्रम गर्ने आयोजकले बताउँदै आएका थिए। तर जेठमा पनि कार्यक्रम हुन नसके पनि उनलाई उजुरीका आरधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सेतो पाटी बाट