काठमाडौं । सरकारले घोषणा गरेको न्युनतम पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकटसहित १४ मजदुर संगठनहरुले नयाँ आन्दोलन घोषणा गरेका छन् । संयुक्त ट्रेड युनियन संघर्ष समितिले आफूहरुको आधारभूत पारिश्रमिक २२ हजार रुपैयाँ तोकिनु पर्ने माग गरेका छन् ।

मजदुरहरुले पत्रकार सम्मेलन गरी मजदुर संगठनहरुले साउन १५ गतेको निर्णय खारेज गर्न आफूहरुको मागलाई सरकारले बेवास्ता गरेको भन्दै मजदुर संगठनहरुले नयाँ संघर्षका कार्यक्रम घोषणा गरेका छन् । सरकारले स्वेच्छाचारी किसिमले मजदुरहरुको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ तोकेको भन्दै मजदुर संगठनहरुले खारेजी माग गर्दै आएका छन् । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सरकारले साउन १५ गतेसम्म निर्णय सच्याई नयाँ निर्णय गर्न माग गरेका थियौँ । सरकारले निर्णय न सच्याए हामी चरणबद्ध रुपमा अन्दोलनमा जान बाध्य हुनुपर्ने छ र त्यसको सम्पूर्ण जवाफदेही सरकार हुने कुरा समेत जानकारी गराका थियौँ तर सरकारले हाम्रो मागप्रति कुनै वास्ता गरेन् । अतः गैरकानुनी निर्णय र सहमतिप्रति घोर आपत्ति जनाउँदै निर्णय मान्य नरहेको कुरा जानकारी गराउँदै चरणबद्ध रुपमा अन्दोलनमा जाने घोषणा गर्दछौँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सत्तारुढ संघीय समाजवादी फोरम निकट राष्ट्रिय (हाल समाजवादी) लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र मजदुर संगठनहरुले संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा सात बुँदे मागसमेत राखेका छन् । आफूहरुले माग गरेको न्युनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्न पनि मजदूर तथा ट्रेड युनियन संगठनहरुले माग गरेका छन् ।

संयुक्त विज्ञप्तिमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका महासचिव रामेश्वर श्रेष्ठ, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका महासचिव खगेन्द्र प्याकुरेल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमानसिंह कुँवर, राष्ट्रिय (हाल समाजवादी) लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष नवराज दहाल,.मधेसी ट्रेड युनियन महासंघका अध्यक्ष पल्टन ठाकुर, नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष ईन्द्रदेव मिश्र, राष्ट्रिय कर्मचारी महासंघ नेपाल, अध्यक्ष गोपालसिंह धामी, नेपाल समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्बाङ, नेपाल ट्रेड युनियन फेडेरेसन, अध्यक्ष मधु बिसी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सेना, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटा, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमिल्सेना र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाँक्रीले हस्ताक्षर गरेका छन् । पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्र, अध्यक्ष इन्द्र देव मिश्र सत्ता (नेकपा) नेपाली कांगे्रस निकट मजदुरसँग सरकारले गरेको सहमति खारेजीको माग गरे ।

यस्ता छन् ७ बुँदे माग १.श्रम ऐनलगायत श्रमिक सम्बन्धी कानुनमा देशको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको मर्म र भावना बिपरित राखिएको श्रमिकविरोधी दफाहरु अबिलम्ब खारेज गरियोस् । २. आधारभूत पारिश्रमिक २२ हजार रुपैयाँ तोकियोस् । वृद्धि रकम सबै तह, क्षेत्र र श्रमिकका लागि लागु गरियोस् । ३. होटेल एसोसिएसन र नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध ३ वटा ट्रेड युनियनहरुबीच जेठ १२ गते भएको सहमति खारेज गरियोस् । ४.तत्कालीन सरकार, रोजगारदाता र कांग्रेस तथा हालको कम्युष्टि पार्टी समर्थित ट्रेड युनियनहरुबीच २०६८ मा भएको सहमतिअनुसार समाजिक सुरक्षा कोषको रकम सहमति गरेको मितिदेखि जम्मा गरियोस् । ५. श्रमिकहरुको पञ्जीकरण गर्ने व्यवस्था गरियोस् । ६. श्रमिकहरुको रोजगारी र सुरक्षा व्यवस्था गरियोस् । ७. हामीले माग गरेको वृद्धि रकम २०७५ साल साउन १ गतेदेखि लागू गरियोस् । मागकर्ता ट्रेड युनियन महासंघहरु १. राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, महासचिव रामेश्वर श्रेष्ठ २. स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल, महासचिव खगेन्द्र प्याकुरेल ३. राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल, अध्यक्ष चिराग मानसिंह कुँवर ४. राष्ट्रिय (हाल समाजवादी) लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र, अध्यक्ष नवराज दहाल ५.मधेसी ट्रेड युनियन महासंघ, अध्यक्ष पल्टन ठाकुर ६. नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्र, अध्यक्ष ईन्द्रदेव मिश्र ७. राष्ट्रिय कर्मचारी महासंघ नेपाल, अध्यक्ष गोपालसिंह धामी ८. नेपाल समाजवादी ट्रेड युनियन महासंघ, अध्यक्ष लालध्वज नेम्बाङ ९. नेपाल ट्रेड युनियन फेडेरेसन, अध्यक्ष मधु बिसी १०. अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अध्यक्ष ईश्वर तिमिल्सेना ११. प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ, अध्यक्ष केदार गिरि १२. अखिल नेपाल ट्रेड युनियन महासंघ, अध्यक्ष नारायण सापकोटा १३. क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल, अध्यक्ष राजन तिमिल्सेना