दमक/झापा दमकमा रहेको साधना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ७ औ साधरणसभा सम्पन्न गरेको छ । दमक उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष गोपाल गुरागाइले बार्षिक प्रवेदन पेस गरे ।

जिल्ला सहकारी संघ झापाका सदस्य तथा क्षेत्रिय संयोजक प्रेम कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल,सहकारी अगुवा चुणामणी ओझा लगायतले बोलेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२ सय ३३ जना सदस्य रहेको सहकारी संस्थाले ७ औ बर्षमा आइपुग्दा शेयर पुजी १ करोड १२ लाख ३५ हजार ७ सय रुपिया पुर्याएको प्रतिवेदनमा उल्लेख रहेको छ । ९ लाख ९० हजार शेयरपुजीबाट सहकारी संस्था शुरु भएको थियो । यो सहकारी दमकको मुख्य बजार क्षेत्रलाइ केन्द्रित गरेर खुलेको थियो । अधिकाँश बजार क्षेत्रका नै सदस्यहरु रहेकाछन् ।