सहबान अन्सारी
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाऊपालिका वडा नं ६ स्थित जन जागृति माध्यमिक बिध्यालय गुठी परसौनीमा बिध्यालय ब्यस्थापन समितिको नयाँ कार्य समिति निर्वाचन मार्फत काग्रेंसको निकटम पक्ष प्यानल सहित विजयी भएको छ । सदस्य पदको लागी दुई पक्ष बाट आठ जना सदस्यहरुले ऊम्मेद्वारी दिएका थिए जस्मा काग्रेंसको निकटतम पक्ष तर्फ बाट बच्चन चमार १९०मत. शिवनाथ अहिर १८४ मत, प्रतिमा चमार १८४मत , र राम सति देवी कोईरी १६४ मत प्राप्त गर्नु भएको थियो । त्सतै प्रतिध्वन्धी तर्फ बाट लक्ष्मी चमार हरिजन १६४ मत रेखा देवी भेडिहार १८७ मत कपिल देव यादव १६२ मत र मुन्सी देवी पासी १५८ मत प्राप्त गर्नु भएको थियो ।
नयाँ कार्य समितिको लागी सर्व सहमती हुन नसेके हुदाँ निर्वाचन मार्फत छानिने निर्णय भएको थियो। उक्त पदहरुको लागी शुक्रवार मतदान भएको हो । बिध्यार्थीहरुको अविभावकहरु बाट छानिने भएको नियम अनुसार सो बिध्यालयमा कुल ४२८ मतदाता संख्या मध्ये ३७३ मत खसेको थियो । अहिलेको बिध्यालय ब्यस्थापन समिति गठन गर्न अविभावकको मतदानले दुई पुरुष दुई महिला सदस्य निर्वाचित गर्नु पर्ने र दुई सदस्य मनोनित गरेपछि निर्वाचित चार र मनोनित दुई गरि ६ सदस्यले त्यसमध्ये एकजनालाई अध्यक्ष छान्ने शिक्षा एेन रहेको छ ।










