१६ प्रतिष्पर्धीलाई उछिन्दै अग्रेजी महिनाको नयाँ बर्षको अबसर पारेर विराटनगरमा पहिलो पटक गरिएको मिस विराटनगरको उपाधि विराटनगरको शिक्षादीप कलेजमा अध्ययनरत सिमन ढकाल जितेकी हुन् । ढकालले मिस विराटनगरको उपाधिसँगै नगद एक लाख रुपैंया समेत पाइन् । युवतीहरुमा भएको कला प्रस्तुत गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरको फस्ट रनर अप विराटनगर १६ की १६ वर्षिया मानसी मल्ल भईन् । त्यस्तै मेरिल्याण्ड कलेज कक्षा ११ मा अध्ययनरत स्वेता बस्नेत सेकेन्ड रनर अप हुनुका साथै वेष्ट क्याटवकको उपाधि जित्न सफल भइन् । फस्ट रनर अप र सेकेन्ड रनर अपलाई क्रमशः ५० हजार र २५ हजार रुपैया पुरस्कार राखिएको थियो । लक्ष्य इम्पोरियम र एक्टिभ इन्टरनेशनल मिडियाको आयोजनामा उक्त इभेन्ट भएको थियो। प्रतियोगिताको प्रमुख निर्णायकमा नायिका तथा मोडल बेनिसा हमाल, अभिनेता तथा मोडल निराजन लुईटेल, मोडल तथा नायिका अन्जना कट्टेल, यूवा अभियन्ता बसन्त अधिकारी, कोरियोग्राफर प्रमोद बंशल रहेका थिए । निर्धारित समय भन्दा केही ढिलो गरि आयोजना भएको सो प्रतियोगिताको ब्यवस्थापन भने केही कमजोर रहेको थियो । आयोजक कौशल भगतले कार्यक्रममा भएको कमजोरीलाई अन्य दिनमा सुधार गरि लैजाने प्रतिक्रिया दिए । उक्त इभेन्ट को प्रशिक्षण भने मकालु टि. भि. कि रिता कट्टेलले दिनु भएको थियो।
मिस बिराटनगर २०१७ सम्पन्न
सवाल नेपालसंवाददाताशुक्रबार, २८ पुस २०७३

मिस बिराटनगर २०१७ सम्पन्न
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



