महोत्तरी - गौशाला उद्योग वाणिज्य संघको अगुवाईमा शनिबार महोत्तरीको गौशाला बजार बन्द गराइएको छ ।

नगरपालिकाले अत्याधिक मात्रामा कर लादेको विरोधस्वरुप यहाँको सर्वदलीय पक्षको आग्रह अनुसार एक दिनको लागि बजार गराइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ को लागि पारित गरेको वजेटमा गएको वर्षको तुलनामा अत्याधिक मात्रामा कर लादेको र त्यो कर यहाँका जनताले धान्न नसक्ने अवस्थामा पुगेकोले त्यसको विरोधमा बजार बन्द गरिएको उद्योग वािण्ज्य संघ गौशालाका सचिव सुनिलचन्द्र झाले बताउनुभयो ।

नगरपालिकाले बजेट सिलिङ्ग गरेदेखि नै आफूहरु विरोधमा उत्रे पनि नगरपालिकाले वास्ता नगरेपछि बाध्य भएर सडकमा उत्रिनुपरेको गौशाला नगरपालिकाका वडाअध्यक्ष धर्मेन्द्रकुमार साहले धारणा राख्नुभयो ।

वार्ता र छलफलमार्फत समस्या समाधानको लागि पहल भईरहेको नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो । वडाअध्यक्ष महेशसिंहको अध्यक्षतामा बजेट पुनरोवलोकन समितिको बैठक जारी रहेको समयमा बजार बन्द गर्नुपर्ने आवश्यक भने नरहेको महतोले धारणा राख्नुभयो । उज्यालो अनलाइन बाट