बलात्कारका घटनाहरू दिनानुदिन बढिरहँदा यसको न्युनिकरणको लागि सरकारले कडा सजायको तयारी गर्दै छ । यसको लागि सरकारले आजीवन कारावास हुने गरी विद्यमान कानुनमा संशोधन गर्ने तयारी गरेको छ । यसको लागि कानुन संशोधनको प्रस्ताव मन्त्री परिषद्मा छलफलमा रहेको छ ।

जसमा १० वर्ष मुनिका बालिका, क वर्गका अपाङ्ग महिला तथा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई बलात्कार गर्नेलाई आजीवन कारावास हुने गरी कानुनमा संशोधन हुन लागेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा मगर बताईन।