दमक/लायन्स क्लब अफ नेपाल डिस्ट्रिक्ट–३२५ ए वानको डिस्ट्रिक क्याबिनेट अफिसर्स पदस्थापन कार्यक्रम एवं पहिलो क्याबिनेट बैठक काठमण्डौमा भब्य रुपमा सम्पन्न भएको छ ।

गभर्नरमा अनन्तप्रसाद भेटवाल चुनिएपछिको यो पहिलो क्याबिनेट बैठक हो । यसभन्दा अगाडि गर्भनर लिला ढुंगेल रहेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लायन्स क्लव अफ नेपाल इन्टरनेशनलका डाइरेक्टर क्वाजी अक्रमुदिन अहमदको प्रमुख आतिथ्यमा भब्य रुपमा उत्साहजनक तवरले पदस्थापन र क्याबिनेट बैठक भएको जोन चियर पर्सन रुद्र गौतमले बताए ।

लायन्सलाइ सेवाको क्षेत्रमा नेपालमा सबैभन्दा अग्रणी संस्था बनाउने उदेश्य अनुसार नेपालमा अहिले लायन्स क्लवहरुको सक्रियता रहेको सो अवसरमा गर्भनर भेटवालले बताएका थिए ।