नेपाल कम्युनिस्ट पार्टी नेकपाका तल्ला कमिटीको एकीकरण प्रक्रियामा छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको करिब तीन महिना हुन थाल्यो । तर पार्टीको तल्ला कमिटी र विभिन्न भातृ संगठनको एकीकरण दुई पार्टीको सांगठनिक शक्ति सम्मानजनक समायोजित हुने गरी टुंगो लगाइने सहमति भए पनि प्रक्रियाले अन्तिम रुप भने लिईसकेको छैन । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले दस्ताबेज, समायोजन हुने संख्या र नामसमेत करिब–करिब टुंगो लगाएका छन् । यद्यपि, मूल नेतृत्वबारे औपचारिक निर्णय हुन बाँकी छ ।

मजुदर संगठनः भदौ ५ भित्र एकीकरण मजदुर संगठनको साउनभित्रै विधान तयारी गरी भदौभित्र एकता गरिसक्ने तयारी थालिएको छ । जसको लागि एक विधान मस्यौदा कार्यदल बनाइएको छ । कार्यदलमा विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी छन् । उक्त कार्यदलले विधानको मस्यौदा तयार पारी ५ भदौभित्र एकता गरिसक्ने तयारी गरिएको कार्यदल सदस्य जयपुरी घर्तीले बताइन् । तत्कालीन एमालेको नेपाल ट्रेड्र युिनयन महासंघ (जिफन्ट)को ५१ सदस्यीय केन्द्रीय कमिटी छ र माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युिनयन महासंघ (अन्टुक)को १ सय ६९ सदस्यीय केन्द्रीय कमिटी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पत्रकार संगठनः एकीकरणको अन्तिम तयारी, नेतृत्व टुंग्याउने बाँकी नेकपा निकट पत्रकारहरुको एकताको एकीकरणको अन्तिम तयारी थालिएको छ । पैु चौतारी नेपाल र प्रेस सेन्टर नेपालको एकता र मस्यौदा समितिले सबै टुङगो लगाईसकेको छ । योगेश भट्टराई, पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहाल सदस्य रहेको कार्यदलले पत्रकारको नेतृत्वबाहेक सबै टुंगो लगाइसकेको छ । तर, नेतृत्वको विषयमा टुंगो लागेपछि पत्रकार संगठनको एकता हुने प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापाले बताए । नेतृत्वको विषयमा टुंगो लगाउन पार्टी अध्यक्षले जिम्मा दिएको छ । २ सय २५ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय केन्द्रीय कार्यालय र केन्द्रीय कमिटीको एकतिहाइ सचिवालयको संख्या टुंगो लागेको छ । केन्द्रीय कार्यालयमा अध्यक्ष र महासचिव मात्र रहनेछन् । नाम प्रेस संगठन नेपाल रहने भएको छ ।

किसान संगठनः विधानमाथि छलफल हुँदै किसान जनवर्गीय संगठनको विधान र नियमावलीको काम अन्तिम चरणमा पुगेको छ । वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ सदस्य रहेको कार्यदलले विधान र नियमावलीको काम अन्तिम चरणमा पुगाई सकेको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए । विधान र नियमावली तयार भएलगत्तै एकता प्रक्रियामा जाने उनले बताए । संगठनको नाम अखिल नेपाल किसान महसंघ राख्ने तयारी छ । नेतृत्व र सांगठनिक रूपमा कति सदस्यसम्म बनाउने भन्ने विषयमा छलफल हुन बाँकी छ ।

महिला संगठनः विधान अन्तिम चरणमा, साउनभित्रै एकता गर्ने गृहकार्य पार्टी निकट दुई महिला संगठनबीच साउनभित्रै एकता गर्ने गरी गृहकार्य भइरहेको छ । राधा ज्ञवाली, गोमा देवकोटा, उर्मिला अर्याल र अमृता थापामगर सदस्य रहेको कार्यदलले विधान र नियमावली बनाउने काम अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यक्ष अमृता थापामगरले बताइन् । कार्यदलले बनाएका ४ उपसमितिले प्रतिवेदन बुझाएलगत्तै विधान र नियमावली तयार गरिने उनले बताइन् ।

युवाको विधान छलफलकै चरणमा युवा संगठनको विधान छलफलकै चरणमा रहेको छ । मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा सदस्य रहेको कार्यदलले विधान तयारी अन्तिम चरणमा पुगेकोले केही दिनभित्र तयार गरिने योङ कम्युनिस्ट लिग (वाइसिएल)का अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए । संगठनको नेतृत्व केन्द्रीय कमिटी कति संख्या हुने र झन्डाको विषय पनि छलफलमै छ ।

विद्यार्थीको विधान टुंगियो, नाम र नेतृत्व बाँकी पार्ठी निकट अनेरास्ववीयु र अखिल क्रान्तिकारीबीचको एकीकरण पनि अन्तिम चरणमा पुगेको छ । रवीन्द्र अधिकारी, रमेश मल्ल, नवीना लामा र रञ्जित तमाङ सदस्य रहेको कार्यदलले विद्यार्थी कार्यदलको विधान लगभग फाइनल भइसकेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए । ‘हामीले बनाएका विभिन्न ३ उपसमितिले काम लगभग अन्तिम चरणमा पु(याएका छौँ,’ बस्नेतले भने, ‘एकपटक छलफल गरेपछि संगठनको विधान र नियमावली तयार हुन्छ ।’ संगठनको नामको विषयमा खासै विवाद नहुने देखिएको छ । संगठनको झन्डा एउटै भएकाले विवाद छैन ।

गीत–संगीत जनसांस्कृतिक महासंघ नाममा सहमति दुवै पार्टीका भ्रातृ संगठनको नाम जनसांस्कृतिक महासंघ रहेकाले नामको विषय टुंगो लागेको छ । मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री सदस्य रहेको कार्यदलले अहिले विधान मस्यौदा भइरहेकाले भदौ पहिलो हप्ताभित्र एकीकरण गर्ने गरी छलफल बढिरहेको कार्यदल सदस्य खगेन्द्र राईले बताए ।