काठमाण्डु, २७ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा राजनीतिक भेटघाट र पर्यटन प्रवद्धनका लागि विभिन्न क्षेत्रको भ्रमणमा छन् । पछिल्लो समय प्रचण्ड राजनीतिक तनाव छल्न गृहजिल्ला जाने गरेका छन् ।

शनिवार चितवन गएका प्रचण्ड पर्यटन प्रर्वद्धनका लागि अवलोकन गर्न भन्दै सपरिवार भरतपुर महानगरपालिकाको मेघौली गोलाघाट पुगेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लाइफ ज्याकेट लगाएर प्रचण्डले र्‍याफ्टिङ गरेका थिए । पत्नी सीतासहित चितवन पुगेका प्रचण्ड छोरी रेणु दाहाल र भाइ नारायण दाहाल सहित र्‍याफ्टिङ गर्न पुगेका थिए ।

छोरा प्रकाशको निधन भएसँगै प्रचण्ड नाति प्रसिद्धलाई सँगै लिएर हिँड्ने गरेका छन् ।

तस्वीरः सामाजिक सञ्जाल