नेपाल र भारतबीच कोशी सम्झौताअनुरूप निर्माण भएको पूर्व–पश्चिम राजमार्ग जोड्ने कोशी ब्यारेजको बिकल्प खोज्न थालिएको छ । कोशी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भैइसकेको छ ।

यो ‘ब्यारेजको डेट एक्सपायर’ भयो भन्दै नेपाल तथा भारत दुवैतर्फका विज्ञले आवाज उठाउन थालेसँगै नेपाल सरकारले पनि यसको बिकल्प खोज्न थालेको बताईन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा ब्यारेज निर्माणका कारण डुबान र कटानमा परेको नेपालतर्फको हजारौं बिघा खेतीयोग्य जग्गाबापतको मुआब्जा अझै नेपाली किसानले पाउन सकेका छैनन् ।

यो ब्यारेजको उपयुक्त बिकल्पकै निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहितको एक टोली निरीक्षण भ्रमणमा गएको छ । यो भ्रमणमा भौतिक सचिव सचिव मधुसुदन अधिकारी, सडक विभाग अन्तर्गतको एडीबी निर्देशनालय प्रमुख सरोज प्रधान, सडक विभागका महानिर्देशकसहितको टोली आइतबार निरीक्षण भ्रमणमा छ ।

सन् १९५४ मा नेपाल र भारतबीच कोसी सम्झौता भई ब्यारेज निर्माणका भएको यो ब्यारेज अहिले जिर्ण भएकोले उपयुक्त बिकल्प स्थलगत अध्ययनबाटै पहिल्याउन लागिएको बताइन्छ ।

यो ब्यारेज विकल्पमा सरकारसँग चार वटा विकल्प रहेको छ । यस्ता अप्सनमा पूर्व–पश्चिम रेलमार्गको अलाइनमेन्ट यहीबाट पर्ने भएकाले यससँगै जोडेर नयाँ पुल बनाउने, कोसीटप्पु बन्जन्तु आरक्ष नजिकबाट अर्को नयाँ सडकसहितको पुल बनाउने, रेल र सडक एउटै स्थानबाट तलमाथि पारेर जाने वा लौकी हिमाल छेउबाट यो राजमार्ग लैजान सकिने सहितको विकल्प हेर्न लागिएको हो ।

चारवटा मध्ये सबैभन्दा उपयुक्त कुन विकल्प हुन्छ भनेर चाँहिे स्थलगत अध्ययनबाट मात्रै तय हुने छ । हाललाई भने कोशीटप्पु छेउबाट यो बाटो लैजाँदा पुलको लम्बाइका कारण समान दूरी ३७ किमिको दूरी हुने भएकोले पनि यसलाई हेर्न सकिने अधिकारीहरुको भनाइ छ ।

सरकारले महेन्द्र राजमार्गलाई विस्तार गरेर अघिकांश स्थानमा चार लेनको बनाउने तयारी सुरु गरेको छ । यही क्रममा आलइनमेन्ट परिवर्तन गर्नुपर्ने वा नयाँ बिकल्प खोजेर काम गर्नुपर्ने सबैभन्दा चुनौति नै कोशी ब्यारेज भएको उल्लेख छ ।