धनकुटाको पाख्रिवास नगरपालिकाले सुत्केरी हुँदा पोषणमा कमी नहोस भन्दै ‘सुत्केरीसँग जनप्रतिनिधि’ कार्यक्रमअन्तर्गत भाले वितरण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले यही आर्थिक वर्षदेखि सुत्करीहरु पहिचान गरी भाले वितरण कार्यक्रम सुरु गरेको हो ।

मेयर वृर्खबहादुर राईका अनुसार सुत्केरी भएको समयमा सबै जनप्रनिधिको टोली पुगेर बच्चाको जन्म दर्ता, आमाको स्वास्थ्य परिक्षण गरिन्छ । यस कार्यक्रममा भाले, एक केजी घिउँ, दाल, चना लगायत सामाग्री वितरण गरिन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेयर राईले भने ‘आर्थिक अवस्था हेरी पैसा पनि दिने गरेका छौँ ।’ बच्चालाई कुपोषण हुन नदिन र सुत्केरीको अवस्था बुझेर नियमित स्वास्थ परिक्षण र आवश्यक खानासहितको कार्यक्रम सुरु गरिएको नगरपालिकाका सुचना अधिकारी चिरण राईले बताए ।