दमक/ दमक पब्लिक लाइब्रेरी युथ टिमले आयोजनामा दुई दिवसीय अन्तरास्ट्रिय युवा दिवस विशेष कार्यक्रम आज सम्पन्न गरेको छ ।  हिजो दमक पब्लिक लाइब्रेरी युथ टिमको पाँचौ स्थापना दिवसको अवसर पारेर उक्त युथ टिमले एक दिने सास्कृतिक ,साहित्यिक ,अभिप्रेरणात्मकमुलक र विशेष सम्मानको कार्यक्रम गरेको थियो।

युथ टिमका अध्यक्ष दधिराम ढकालको अध्यक्षतामा भएको दुई दिवसीय कार्यक्रममा नेपालका कान्छा सामाजिक अभियान्ता केपि खनाल प्रमुख अतिथि रहनु भएकों कार्यक्रममा युवाहरु लाई आ आफ्नो ठाउँबाट सिर्जनशील र रचनात्मक भएर आफ्नो गाउँ ठाउँ र रास्ट्रको बिकासमा लाग्नु पर्ने कुरा बताउदै उहाँले आफ्नो सङघर्ष र सफलताको, कुरा सुनाउनु भएको थियो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रत्येक बर्ष अन्तरास्ट्रिय युवा दिवसको दिन दमक पब्लिक लाइब्रेरी युथ टिमले बिगत पाँच बर्ष देखि निरन्तर आफ्नो बार्सिक उत्सव कार्यक्रम मनाउदै आएको छ ।वर्ष २०१८ का लागि दधिराम ढलालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिती चुनेको युथ टिमले लाइब्रेरी स्थापमा देखिनै विभिन्न कार्यक्रम हरु आयोजना गरि युबाहरुमा सकारात्मक सोचको बिकास गराइ रहेको छ ।यसरी युवा र समाजलाई एकै ठाउँ बाट जोड्दै आएको लाइब्रेरी युथ टिमले आज बिहान ५ किलोमीटरको खुला म्याराथनको आयोजना गरि कार्यक्रम समापन गरेको छ ।

दमक रनको प्राविधिक सहयोगमा लाइब्रेरी युथ टिमले आयोजनामा गरिएको खुला ५ किलोमीटर दौड मा पुरुष तर्फ पहिलो स्थान याङदेब राई दोस्रो स्थान प्रबिन बोहरा र तेस्रो स्थान मेघराज राई हुनु भएको थियो।यसरी नै महिला तर्फ पहिलो स्थान चन्द्रकला श्रेष्ठ दोस्रो स्थान सोनि राई र तेस्रो स्थान दीक्षा दुलाल ले प्राप्त गर्नु भएको थियो।बिजेताहरु लाई क्रमशः ५०००/३००० र २०००/ रुपियाँ पुरस्कार राशी प्रदान गरिएको थियो।