विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको सार्वजनिक छवि सुधारका लागि गम्भिर चासो देखाउँदै मेयर विद्यासुन्दर शाक्यको ध्यानकर्षण गराउनुभएको छ । काठमाडौँ महानगरपालिकाका पुनःनिर्माण र आर्थिक गतिवितिलाई लिएर साझा पार्टीले गम्भिर चासो ब्यक्त गरेको हो ।
साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी रानीपोखरीको पुनःनिर्माण छिटो गर्न आग्रह गर्दै यसअघि निर्माण गर्दाको विवरण माग गर्नुभएको थियो ।
गत शुक्रबार पनि नयाँ शक्ति पार्टी काठमाडौँले कामपाका प्रमुख शाक्यसँग भेटेर आर्थिक वर्ष २०७४ ÷०७५ मा महानगरले स्वीकृत गरेको कार्यक्रम र भएको खर्चको विवरण मागसँगै सार्वजनिक छवि सुधारका लागि गम्भीर हुन आग्रह गरेको थियो ।
समितिका संयोजक मानुषी भट्टराईको नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै प्रमुख शाक्यले पछिल्लो समय राजनीतिक दलले महानगरको विाषयमा देखाएको चासो र चिन्ताले आफूहरुलाई विकासको काम गर्न थप ऊर्जा प्राप्त भएको बताउनुभयो ।










