बिराटनगर । प्रहरीले महानगरपालिकामा बम विस्फोट गराएको आशंकामा ९ जनालाई पक्राउ गरेको छ ।
बम विस्फोट भएको एक घण्टापछि विभिन्न स्थानबाट पक्राउ गरी उनीहरुलाई मोरङ प्रहरी कार्यालयमा राखिएको छ । नियन्त्रणमा लिएर अनुसन्धान र सोधपुछ गर्ने काम भइरहेका कारण उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको एसपी मनोजकुमार केसीले जानकारी दिनुभयो ।
यता गोइत समूहले घटना आफुले गरेको बताएपनि मोरङ प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।
गोइतले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर महानगरपालिका कार्यलयमा बम बिस्फोट आफूहरुले बताएका थिए ।











