दमक/झापाका दमकका लोकप्रीय एवं सफल ब्यवसायी लायन्सकर्मी संगम शर्मा र बिमल शर्माले सञ्चालन गरेको न्यू संगम इन्टरप्राइजेजले आइतवार बिहान एक कार्यक्रमबीच नयाँ मोटरसाइकल सार्वजनिकरण गरेको छ ।

बजाज कम्पनीको आधिकारीक बिक्रेताको रुपमा रहेको इन्टरप्राइजेजले बजाज कम्पन्नीको नयाँ ‘पल्सर १५० ट्विन डिक्स’ भएको मोटरसाइकलको स्थानीय रुपमा सार्वजनिकरण गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक जेसिजका अध्यक्ष चन्द्र खत्री, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल र इनटरप्राइजेजका प्रोपाइटर बिमल शर्माले सार्वजनिकरण गरेका थिए ।

मोटरसाइकलको स्पोर्ट सेग्मेन्टमा नयाँ आयाम थप्नको लागि पल्सर १५० ट्विन डिस्कको डिजाइन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

नयाँ मोडलको बाइकले ग्राहकलाई नयाँ जोश र नयाँ अनुभूति प्रदान गर्ने र मोटरसाइकल प्रविधि र डिजाइनलाई त्यसरी नै पुनः परिमाणित गर्ने कम्पनीको दाबी छ । तीन रंगमा उपलब्ध यो मोटरसाइकलको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ रहेको छ ।

इन्टरप्राइजेजले दमकमा अत्याधुनिक सर्भिस सेन्टर समेत सञ्चालनमा ल्याएको छ । अन्तराष्ट्रिय स्तरको सर्भिस सेन्टर केहि महिनाअघिदेखि सञ्चालनमा ल्याएको हो ।