दमक / झापाको दमकमा रहेको मेची सहकारी संस्थाले स्व.गणेश बस्नेत सहकारी अभियान्ता पुरुस्कार सहकारी अभियान्ता केशव बडाल र स्व.गणेश बस्नेत पत्रकारिता पुरुस्कार दमकका पत्रकार बिष्णु सुब्बालाइ प्रदान गर्ने भएको छ ।

आज सहकारीले पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबेदन सार्वजनिक गर्ने क्रममा यो जानकारी दिईएको हो । सहकारीका अध्यक्ष नारायण भट्टराइले दुबै पुरुस्कार आउदो सहकारीको २२ औ बार्षिकोत्सव तथा २४ औ साधरणसभामा भदौ १२ गते  प्रदान गरिने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रकाशन तथा सञ्चार उपसमिति अध्यक्ष गीता कुवरको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । ब्यवस्थापक खोमप्रसाद बगालेले आयब्यय सार्वजनिक गर्नु भएको थियो ।