आज दिनभर देशभर हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।
यस्तै पश्चिमका केही ठाउँमा पनि दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । सोमबार रातिको मौसम पनि देशभर बदली हुने र पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेको तथा जलवास्पयुक्त वायु पनि पर्याप्त रहेकाले विशेष गरी दिनभर देशको मध्य र पूर्व क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो । अहिले पनि काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा पानी परिरहेको छ । मंगलबार र बुधबार पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।










