सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा विद्यालय निरीक्षक जीवन भन्डारीले आइतबार दिउँसो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवेश गरी तोडफेड गरेका छन्।

कर्मचारी सरूवकाे विषयमा दवाब दिन मन्त्रालय पुगेका उनले संघीय प्रादेशिक कर्मचारी प्रशासन शाखा प्रवेश गरी गमला र टेबल कुर्सी फुटाएर उपद्रो मच्चाएका हुन्। 'मैले दिएकाे सूचीअनुसार किन कर्मचारी सरूवा नगरेकाे?', भन्डारीले उपसचिव अाचार्यलार्इ धम्कयाउँदै प्रश्न गरेका थिए। जवाफमा उपसचिव आचार्यले सूचीअनुसारका सरुवा प्रक्रियामै रहेको र केही समय लाग्ने जवाफ दिएपछि भन्डारी अाक्रमणमा उत्रिएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'मैले भनेको नटेर्ने' भन्दै उनी तोडफोडमा उत्रिए। उनले उपसचिव अाचार्यलार्इ अश्लिल गाली गरी धाकधम्की दिँदै हातपात प्रयास गरेका थिए। उनले उपसचिव आचार्यमाथि कुर्सी प्रहार गर्न खोजेपछि अर्का कर्मचारी नेता आरसी अधिकारीले रोकेका थिए।

कार्यकक्षमा प्रवेश गरी अाक्रमण गर्न थालेपछि थालेपछि उपसचिव आचार्यले प्रहरीलाई खबर गरेका थिए। तत्कालै सिंहदरबार वृत्तबाट प्रहरी नायव उपरीक्षक काजीकुमार अाचार्य नेतृत्वकाे टाेली परिचालन भएकाे थियाे। प्रहरी टाेली मन्त्रालय पुग्दा भण्डारी त्यहाँबाट हिँडिसकेका थिए। प्रहरीले घटनाकाे मुचुल्का उठाएर अनुसन्धान गरिरहेकाे छ। साेमबार बिहानसम्म भन्डारी पक्राउ परेका छैनन्। नेपाल खबर बाट साभार