झापा । झापाको बेग्लाबेग्लै स्थानमा आईतबार बेलुकी भएको सवारी दुर्घटनामा चार जना व्यक्ति घाइते भएका छन् । दमक नगरपालिका ५ स्थित यलम्बर चौक स्थित भित्री सडक खण्डमा मे ८ प ९१४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक दमक नगरपालिका ३ बस्ने ३५ बर्षीय देवीलाल चिमरिया घाईते भएका छन् । घाइतेको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
यसैगरी भद्रपुर नगरपालिका ९ कुले चौक स्थित चारआली केचना सडक खण्डमा डब्लुबि ७४ एसि नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा भद्रपुर नगरपालिका ९ बस्ने ५६ बर्षीय नारायण खड्का घाइते भएका छन् । घाइते खड्कालाई स्थानीय मेडिकलमा उपचार गराईएको छ भने मोटरसाइकल चालक भद्रपुर नगरपालिका २ बस्ने ३४ बर्षीय दिपक राईलाई सिमा प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा लिएको छ।
यसैगरी दमक नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गमा एसके ०१ पि ०९२६ नम्बरको बोलेरो जीपले मे ९ प ८६७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक दमक नगरपालिका ९ बस्ने ४६बर्षीय टिका विष्ट र पछाडी सवार .कमल गाउँपालिका ६ बस्ने ५० बर्षीय गणेश बुढाथोकी घाइते भएका छन् । घाइते दुबै जनाको दमक स्थित लाईफ लाईन अस्पतालमा उपचार भईरहेको छ भने जीपसहित चालक भारत सिक्किम बस्ने ३४ बर्षीय बेनबहादुर सुन्दासलाई ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिएको छ ।










