काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिसँग आज बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानअधिकारप्रति प्रतिबद्ध रहेको धारणा राखे ।

माइतीघर मण्डलाको विषयलाई लिएर केही सञ्चार माध्यमले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको पनि उनले आरोप लगाए । केही सञ्चार माध्यमले आफ्नो दायित्व भूलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१० वर्षमा नेपालको कायापलट गर्न सकिनेमा जोड दिदै कृषिमा आश्रित जनसङ्ख्यालाई दुई वर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौँ गुणा बढाउने सरकारको लक्ष्य रहेको जानकारी दिए । छलफल बाट