बुटवल, साउन २८। यातायात व्यवस्था कार्यालय बुटवलका इन्जिनियरलाई अख्तियार दूरुपयोग अनुसन्धान कार्यालयको टोली रङ्गेहात पक्राउ गरेको छ ।
अख्तियारको क्षेत्रीय कार्यालय बुटवलको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका मेकानिकल इञ्जिनियर सरोजकुमार साहलाई २० हजार घुससहित सोमबार पक्राउ गरेको हो ।
मेकानिकल इन्जिनियर साहले नयाँ गाडी दर्ताका लागि सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीले आयोगलाई खबर गरेर घुस दिएका थिए। पक्राउ परेका साहलाई अख्तियारको केन्द्रीय कार्यालयमा पठाइएको छ।










