मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१ बाघखोरमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन्। सोमबार बिहान ९ः५० बजे बस दुर्घटना भएको हो। राँकेबाट आशादीप बोर्डिङ स्कुलको विद्यार्थी बोकेर रक्सेतर्फ आउँदै गरेको मे १ ख १९५५ नम्बरको स्कुल बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा रोडबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते विद्यार्थीहरुलाई उपचारका लागि झापास्थित बि एन्ड सी हस्पिटल लगिएको प्रहरी हवल्दार विजय राईले जानकारी दिए। चालकलाई रक्से प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। थाहाखबर बाट