राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले पछिल्लाे समय बढ्दै गएकाे महिला तथा बालिका बलात्कार र हत्याकाे घटनामा सरकारले विशेष ध्यान नदिएकाे भन्दै गुनासाे गरेका छन् ।
प्रतिनिधिसभाकाे अाजकाे बाेल्दै सांसद लिङदेनले बलात्कारका घट्नाका सन्दर्भमा अनुसन्धान र रोकथाम के भइरहेको छ भन्दै संसदमा जवाफ पनि माग गरेका छन् ।
“यस्ताे गम्भीर विषय, हाम्राे संसदले प्राथमिकताका साथ छलफल गर्नुपर्थ्याे । याे विषय केही माननीयहरुले संकल्पपत्रकाे रुपमा पेश गर्नु भएकाे छ तर पनि सरकारले यसलाई छलफलकाे विषय बनाउन सकेकाे छैन,यसमा म दुःख व्यक्त गर्न चाहान्छु र याे छलफलकाे विषय बनाेस् र अहिलेसम्म सरकारले यस सम्बन्धमा के गरिरहेकाे छ जानकारी प्राप्त हाेस् भन्ने माग गर्न चाहान्छु “, उनले भने ।
उनले बुढीगण्डकी अायाेजना लगायतका अन्य ठूला अायाेजना निर्माण गर्दा सरकारले अधिग्रहण गरेका जग्गाहरुमा प्रभावितहरुले पाउने रकममा पूँजीगत लाभकर भन्दै १० प्रतिशत कर लिने निर्णयकाे विराेध गरेका छन् । लाभ हाेइन जनताले क्षतिपूर्ति बापत पाएकाे रकममा जुन लाभकर भनेर काटिएकाे छ, त्याे फिर्ता गरियाेस् भन्ने माग गदर्छु”, संसदमा उनले भने ।
यस्तै अाजकाे संसद बैठकमा सांसद लिङदेनले इन्टरनेटमा पछिल्लाे समय बढेकाे करकाे विषय पनि उठाएका छन् । लिङ्देनले इन्टरनेटमा लगाइएको कर बराबरको रकम घटे पनि टेलिफोनको भ्वाइसप्याक र डाटा प्याकमा ३० प्रतिशत भन्दा बढी कर काटिएकोमा विरोध जनाए।
https://youtu.be/V8EeGhZoatgदुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पछिल्लाे समय अाम उपभाेत्तासंग हरेक सेवा बापत ३० प्रतिशत भन्दा बढी कर लिइरहेकाे छ ।
खबर मन्च बाट









