बर्दिवास - पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास-१ काठेपूल भन्ने स्थानमा प्रेसर कुकर बम फेला परेको छ । काठेपुल भन्ने स्थानमा रहेको पुलको पश्चिम पट्टिको भागमा बम फेला परेको हो ।
बम फेला परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।
यातायात सञ्चालनमा रोक लगाएर बम निस्क्रिय पार्ने प्रयास भइरहेको रातोपाटी संवाददाता निकेश खनालले जानकारी दिएका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राजमार्गमा यातायात अवरोध पुर्याउने उदेश्यले बम राखेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।










