विर्तामोड । झापाको बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय नजिक आज बम विष्फोट भएको छ ।

बन्द आह्वानकर्ताले पत्रकार महासंघको कार्यालय भवन नजिकै बम विष्फोट गराएको प्रहरी बताएको छ । बिर्तामोड बसपार्कमा रहेको नेपाल पत्रकार महासंघको कार्यालय भवन भन्दा उत्तरको सडक किनारको झाडीमा सुतली बम बिस्फोट गराएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विप्लवका दुई जना कार्यकर्ताले आज बिहान ६ बजे बम राखेर हिँडेको केह क्षणमै विस्फोट भएको स्थानीयबासीले बताएका छन् ।

झापाको दमकबाट सोमबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।